एजेन्सी ।। भारत र इंग्ल्यान्डबीचको तेस्रो डे नाइट टेष्ट अर्थात् दिउँसो र राती हुने खेल आजदेखि सुरु हुँदैछ । अहमदाबाद स्थित मोटेरा स्टेडियममा हुने खेल नेपाली समय अनुसार आज दिउँसो पौने ३ बजेबाट सुरु हुने छ । सुरुवाती दुई खेल सकिँदा चार टेष्ट सिरिज १–१ को अवस्थामा रहेको छ । आईसीसी विश्व टेष्ट च्याम्पियनसिप फाइनलमा पुग्ने आशा कायमै राख्न दुबै टोलीलाई तेस्रो टेष्ट जित्नै पर्ने हुन्छ । पराजित हुने टोलीको फाइनलमा पुग्ने सम्भावना सकिने छ भने खेल बराबरीमा सकिँदा इंग्ल्यान्ड बाहिरिने छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here