काठमाडाैं ।। सर्वोच्च अदालतले संसद विघटनलाई बदर गरिदिएसँगै नेकपा प्रचण्ड–माधव समूहले नया रणनीति बनाउने भएको छ । यसअघि तय गरिएका विरोध कार्यक्रमलाई खुसियाली सभामा परिणत गर्ने र आजैबाट अरु दलसँग छलफल सुरु गर्ने तयारी छ । तयारीका लागि आज प्रचण्ड–नेपाल समूहले संसदीय दलको बैठक बोलाएको छ । आज अपरान्ह ४ बजेका लागि संसदीय दलको बैठक बोलाइएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिनुभयो । बैठकमा संसदीय दलले आगामी संसद बैठकमा खेल्नुपर्ने भूमिका र रणनीति तय गर्ने छ । प्रचण्ड–माधव समूहले यसअघि केपी शर्मा ओलीलाई संसदीय नेताबाट हटाएर प्रचण्डलाई नेता चयन गरिसकेको छ । सो समूहले ओलीलाई नेकपाको साधारण सदस्यसमेत नरहने गरी कारबाही गरेको छ । यसैबीच, संसद विघटनको विरोधमा चौथो चरणमा आन्दोलनरत प्रचण्ड–माधव समूहले आज जिल्ला सदरमुकाम वा उपयुक्त ठाउँमा प्रदर्शन गर्ने निर्णय गरेको थियो । सो समूहले त्यो प्रदर्शनको स्वरुप परिवर्तन गरी आज देशैभर खुसियाली मनाउन लागेको नेता यागेश भट्टराईले जानकारी दिनुभयो । संसद पुनस्र्थापनाको खुसियाली मनाउन नेकपाले काठमाडौं उपत्यकाको शान्तिवाटीकामा मध्याह्न १२ बजे भेला हुन नेता कार्यकर्ताहरुलाई निर्देशन दिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here