काठमाडाैं ।। कङ्गोका लागि इटलीका राजदूत लुका अट्टानासिओको हत्या गरिएको छ । कङ्गोको पूर्वी क्षेत्रमा पर्ने भिरुङ्गा नेशनल पार्कमा विश्व खाद्य कार्यक्रम (डब्लुएफपी) का सुरक्षा दलमाथि आक्रमण भएका बेला उहाँको हत्या गरिएको हो । पार्कका अधिकारीहरूले दिएको जानकारीअनुसार आक्रमणमा परी राजदूतसँगै उहाँका अङ्ग रक्षक, चालक र अरु केही व्यक्तिको पनि मृत्यु भएको बीबीसीले लेखेको छ । सुरक्षा दलका अरू केही घाइते भएको र तीमध्ये केहीको अवस्था गम्भीर रहेको पनि अधिकारीहरूले जानकारी दिएका छन् । कङ्गोमा आफ्ना राजदूतको हत्या भएको इटलीले पनि पुष्टि गरेको छ । घटनाका बारेमा थप विवरण सङ्कलन गर्ने क्रम चलिरहेको अधिकारीहरूले बताएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here