काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप ११० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यो सहित कोरोना संक्रमितको संख्या २ लाख ७३ हजार ६६६ पुगेको छ।
स्वास्थय तथा जनसंखया मन्त्रालयका अनुसार २४ घण्टामा ३ हजार २१८ जनाको पीसीआर परीक्षण गर्दा ११० जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयका अनुसार आज १०२ जना डिस्चार्ज भएका छन्। यो सहित निको हुनेको संख्या २ लाख ७० हजार ६८ पुगेको छ। यस्तै १५ सय ३३ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा कोरोनाबाट ४ जनाको मृत्यु भएको छ। नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या २ हजार ६५ पुगेको छ ।
काठमाडौं उपत्यकामा मात्रै थप ५३ जनामा कोरोना संक्रमण देखिएको छ। जसमा २१ महिला र ३२ पुरुष छन्।
मन्त्रालयका अनुसार अहिलो ६५ जना क्वारेन्टाइनमा छन् भने १ हजार ६ जना संस्थागत आइसोलेसनमा छन्। १२ जनाको भेन्टिलेटरमा र ४६ जनाको आइसीयूमा उपचार भइरहेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here