काठमाडाैं ।। निर्वाचन आयोगले प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मतदान केन्द्रमा प्रयोग हुने विभिन्न किसिमका निर्वाचन सामग्री खरिद गर्न बोलपत्र आह्वान गरेको छ । बोलपत्र दाताहरुको सहभागिता र स्वच्छ, स्वस्थ प्रतिस्पर्धा होस भन्ने हेतुले खरिद गर्नुपर्ने निर्वाचन सामग्रीहरुलाई विभिन्न ११ समूहमा समूहीकृत समेत गरिएको आयोगले जनाएको छ । सार्वजनिक खरिद ऐन तथा नियमावली बमोजिम खरिद कार्य प्रक्रिया अवलम्बन गर्दा घोषित मितिमा निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक निर्वाचन सामग्रीहरुको व्यवस्थापन गर्न असम्भव प्रायः भएकोले निर्वाचन आयोग ऐन, २०७३ को दफा ३८ को व्यवस्था बमोजिम छिटो माध्यमबाट निर्वाचन सामग्री खरिद गर्न बोलपत्र आव्हान सम्बन्धी सूचना प्रकाशित गरिएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिनुभयो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।