रौतहट ।। रौतहटमा लाखौ मूल्य बराबरको विदेशी घडी सहित एक व्यक्ती पक्राउ परेका छन् । जिल्लाको इश्नाथ नगरपलिकाबाट अबैध भन्सार छलिका घडि र मोटरसाइकल सहित एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बोर्डर आउटपोष्ट रामपुरका सशस्त्र प्रहरी हवल्दार विनोद बुढाथोकीको कमान्डमा गएको गस्ति टोलीले ईशनाथ नगरपालिका ४ बाट गौर नपा ५ पोखरियाका १९ वर्षीय निजामुदिन खानलाई मंगलबार साँझ ७ बजे पक्राउ गरेको हो । खानले ना ३९ प ६७८३ नम्बरको स्पलेण्डर मोटरसाइकलमा भारतबाट नेपाल आउने क्रममा शंका लागेर खानमाथि चेकजाँच गर्दा १४ थान घडी बरामद भएको सशस्त्र प्रहरी ११ नम्बर हेक्वा गौरका डिएसपी प्रमोद भारतीले जानकारी दिए । बरामद घडीको मूल्य २४ लाख ६३ हजार ३ सय र मोटरसाइकलको मूल्य ७५ हजार गरी कूल २५ लाख ४८ हजार ३ सय रुपैयाँ पर्न जान्छ । खानलाई आवश्यक कारवाहीका लागि आज जिल्ला भन्सार कार्यालय गौरमा बुझाइएको डिएसपी भारतीले जानकारी दिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here