जनकपुर ।। प्रदेश २ को भौतिक पूर्वाधार विकास मन्त्रालयले वार्षिक प्रगति विवरण सार्वजनिक गरेको छ । मन्त्रालयमा एक कार्यक्रमको आयोजना गरी मन्त्री जितेन्द्र सोनलले आर्थिक वर्ष ०७६÷०७७ को वार्षिक उपलब्धी विवरण सार्वजनिक गर्नुभएको हो । मन्त्री सोनलले प्रदेशभित्र सडक निर्माण, सिचाइँ, खानेपानी, भौतिक संरचना निर्माण लगायतको क्षेत्रमा गरको कामबारे जानकारी गराउनुभयो । कोरोना महामारीका कारण लामो समय बन्द भएको विकास निर्माणमा पनि राम्रो प्रगति देखिएको उहाँले दावी गर्नुभयो । मन्त्रालयले सार्वजनिक गरेको वार्षिक उपलब्धी किताब अनुसार आर्थिक वर्ष ०७६÷०७७ मा कुल ३ सय ५६ किलोमिटर सडक निर्माण भएको छ । मन्त्रालयले ‘एक निर्वाचन क्षेत्र एक सडक’ कार्यक्रम अन्तर्गत ५१ किलोमिटर कालोपत्रे सडक, ७५ किलोमिटर ढलान, एक सय ७० किलोमिटर ग्राभेल तथा ६० किलोमिटर नयाँ बाटो खोल्ने कार्य गरेको जनाएको छ । यस्तै सिचाइँतर्फ ५ हजार ४ सय ३० हेक्टर जग्गा सिञ्चित गरिएको वार्षिक प्रगति विवरणमा उल्लेख छ । मन्त्री सोनलले १ सय ६५ वटा नहर प्रणालीको मर्मत सम्भार गरी पानी सञ्चालन गर्नुका साथै २ सय ४० वटा डिप ट्युबवेल तथा ३३ वटा पावरड्रिल ट्युबवेल जडान गरी प्रदेशभित्र करिब ३ हजार ८० हेक्टर सिँचित क्षेत्रफल वृद्धि भएको बताउनुभयो । मन्त्री सोनलका अनुसार चालु आर्थिक वर्षमा जनता आवास कार्यक्रम अन्तर्गत ४ हजार ६ सय ५९ घर निर्माण कार्य सम्पन्न गर्ने प्रदेश सरकारको लक्ष्य रहेको छ

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here