काठमाडाैं ।। सरकारले आजदेखि पहिलो चरणको दोस्रो प्राथमिकतमा परेकाहरुलाई कोरोना विरुद्धको खोप लगाउँदैछ । सवास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिलाई आजदेखि ८ गतेसम्म कोेरोना विरुद्धको खोप लगाउन सुरु गरिने बताउनुभयो । उहाँले पहिलो चरणको दोस्रो प्राथमिकतामा परेका व्यक्तिहरु सबै सरकारी तथा निजी कार्यालयका कर्मचारी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई खोप लगाउन भनिएको पनि बताउनुभयो । प्रवक्ता डा. गौतमले पहिलो प्राथमिकतामा छुटेका फ्रन्टलाइनर स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, महिला स्वास्थ्य स्वयंसेविकाहरु, एम्बुलेन्स तथा शब बाहन चालहहरुलाई पनि खोप दिइने जानकारी दिनुभयो । भारत सरकारले अनुदान स्वरुप उपलब्ध गराएको कोरोना विरुद्धको खोप विभिन्न चरणमा मानिसहरुलाई लगाउँदै आएको छ । यस्तै अहिले पहिलो चरणकै कार्यक्रम अन्तर्गत सरकारी तथा निजी कार्यालयका कर्मचारी, स्थानीय तहका निर्वाचित जनप्रतिनिधिलाई खोप लगाउने निर्णय भएको हो । सरकारी कर्मचारीहरू, सुरक्षाकर्मी, जनप्रतिनिधिहरूलाई पनि आजदेखि कोरोनाविरूद्ध खोप दिने भएको छ । यसका लागि देशभरका करिब दुई सय खोप केन्द्रबाट खोप दिइनेछ । खोप बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म लगाइनेछ । सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, सफाइकर्मी र सुरक्षाकर्मीलाई खोप लगाएको थियो । जसमा झन्डै २ लाखभन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका थिए ।
आजदेखि जनप्रतिनिधि, सरकारी कर्मचारी लगायतलाई कोरोना विरुद्धको खोप लगाइँदै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।