नुवाकोट ।। रसुवाको कालिका गाउँपालिकामा मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु भएको छ । कालिका गाउँपालिकास्थित एक खोलामा भएको मोटरसाइकल दुर्घटनामा अस्थाई प्रहरी चौकी ग्राङ रसुवामा कार्यरत प्रहरी जवान इन्द्रप्रसाद अर्यालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जनाएको छ । अस्थाई प्रहरी पोस्ट ग्राङ फर्किने क्रममा प्रहरी जवान र प्रहरी हवल्दार चढेको मोटरसाइकल कालिका गाउँपालिका १ स्थित सेतीभुमे मावि नजिकैको खोलामा सडक भन्दा ६ मिटर तल पुगेर दुर्घटना भएको थियो । प्रदेश ३–०० १ प ३३७५ नम्बरको मोटरसाइकल दुर्घटनामा परि गम्भीर घाइते हुनु भएका प्रहरी जवान अर्यालको उपचारको क्रममा नुवाकोट जिल्ला अस्पताल त्रिशूलीमा निधन भएको रसुवा प्रहरी प्रमुख तथा प्रहरी नायव उपरिक्षक देवेन्द्र पाण्डेले जानकारी दिनुभयो । उहाँका अनुसार दुर्घटनामा घाइते प्रहरी हवाल्दार नुवाकोट घर भएका राजेन्द्र लामाको उपचार भइरहेको छ । दुर्घटनाको थप अनुसन्धान भइरहेको छ । घाइते लामाको नेपाल प्रहरी अस्पताल काठमाडांैमा उपचार भइरहेको छ ।
मोटरसाइकल दुर्घटना हुँदा एक जना प्रहरीको मृत्यु
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।