काठमाडाैं ।। म्यानमारमा भएको सैन्य ‘कू’ विरूद्ध सडकमा उत्रिएका प्रदर्शनकारीलाई संयमता अपनाउन सेनाले आग्रह गरेको छ । देशमा स्थिरताका लागि अहिलेको प्रदर्शन र विरोध बाधक हुने म्यानमारको सेनाले जनाएको छ । सेनाका तर्फबाट हिजो जारी गरिएको वक्तव्यमा देशभरी भइरहेका प्रदर्शन र विरोधप्रति ध्यानाकर्षण भएको उल्लेख गरिएको छ । सेनाले सत्ता हातमा लिएको विरोधमा म्यानमारमा सर्वसाधारण शान्तिपूर्ण रूपमा विरोध प्रदर्शनमा उत्रेका छन् । म्यानमारको सेनाले स्थिरता, सार्वजनिक सुरक्षा र कानूनको पालना सुनिश्चित गर्न पनि सबैलाई अनुरोध गरेको छ । प्रदर्शनकारीहरूले भने स्टेट काउन्सीलर तथा प्रजातन्त्रवादी नेतृ आङ साङ सुचीलगायतका नेताहरूलाई तत्काल रिहा गर्न माग गरेका छन् । म्यानमारको सेनाले यही फेब्रुअरी १ तारिखका दिन देशका धेरै नेताहरूलाई नियन्त्रणमा लिएर शासन सत्ता आफ्नो हातमा लिएको घोषणा गरेको थियो । सेनाले नेताहरूलाई नियन्त्रणमा लिएर आफैँ निर्वाचन गराउने भन्दै एक वर्षका लागि सङ्कटकालसमेत घोषणा गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here