काठमाडाैं ।। नेपाल–फ्रान्स दुई पक्षिय परामर्श संयन्त्रको बैठक सम्पन्न भएको छ । भर्चुअल माध्यमबाट भएको बैठकमा दुई पक्षीय सम्बन्ध र सहकार्यका वृहत्त विषयमा कुराकानी भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । सन् २०१९ को जुन महिनामा प्रधानमन्त्री केपी ओलीले फ्रान्सको भ्रमण गरेयताको समग्र सम्बन्धको विषयमा विचार आदान प्रदान भएको मन्त्रालयले जानकारी दिएको छ । दुईपक्षीय व्यापार र लगानी, प्रविधिको हस्तान्तरण र पर्यटन क्षेत्रमा सहकार्यलगायतका विषयमा पनि छलफल भएको थियो । त्यसैगरी कोभिड–१९ का सहकार्यको विषयमा समेत कुराकानी भएको थियो ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।