काठमाडौं ।। देशभर पछिल्लो २४ घण्टामा ३ हजार ८७८ जनाको पीसीआर परीक्षण गर्दा थप १७१ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।यसका साथै कोरोना संक्रमितको कुल संख्या २ लाख ७१ हजार ६०२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा २२७ जना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना संक्रमण मुक्त हुनेको संख्या २ लाख ६७ हजार २९२ पुगेको छ ।
कोरोना संक्रमणका कारण २ जनाको मृत्यु भएको छ । नेपालमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या २ हजार ३३ पुगेको छ ।
हाल सम्म देशभरमा २ हजार २ सय ७७ जना सक्रिय संक्रमितहरु रहेका छन् ।
हाल क्वारेन्टिनमा ९२ जना छन् भने आइसोलेसनमा २ हजार २७७ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here