काठमाडाैं ।। नेपाल कम्युनिस्ट पार्टी माधवकुमार नेपाल र पुष्पकमल दाहाल प्रचण्ड समूहले बिहीबार आम हड्ताल गर्ने भएको छ । देशभर आन्दोलनलाई थप सशक्त बनाउन यो समूहले बिहीबार आम हड्ताल गर्ने भएको हो ।
यसअघिका आन्दोलनका कार्यक्रममा परिमार्जन गर्दै यो समूहले आम हड्ताल गर्ने निर्णय गरेको हो ।
संवैधानिक निकायहरुमा जबरजस्ती नियुक्ति भएको भन्दै यो समूह यो निष्कर्षमा पुगेको नेकपाका एक केन्द्रीय सदस्यले जानकारी दिए ।
यो घोषणाका लागि यो समूहले आज आकस्मिक रुपमा पत्रकार सम्मेलन पनि बोलाएको थियो । आम हड्तालसँगै अब यो समूहले थप संघर्षका कार्यक्रम पनि घोषणा गर्ने भएको छ ।
नेकपामा प्रचण्ड–माधव समूहले यो आम हड्ताल २३ गते नेकपाकै अर्को समूह ओली समूहको कार्यक्रमलाई प्रभावित गर्न पनि घोषणा गरेको हुनसक्ने अनुमान गरिएको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here