काठमाडाैं ।। रुसको अदालतले एलेक्सी नाभाल्नीलाई साढे तीन वर्षको जेल सजाय सुनाएको छ । नाभाल्नी रुसी राष्ट्रपति भ्लादिमिर पुटिनका आलोचक तथा अभियानकर्मी हुनुहुन्छ । बीबीसीका अनुसार नाभाल्नीलाई मस्कोका एक न्यायाधीशले साढे तीन वर्षको जेल सजाय सुनाएका हुन् । जेल सजाय सुनाइएपछि नाभाल्नीले राष्ट्रपति पुटिनलाई आफूले चुनौति दिएको र आफ्नो आवाज दबाउनका लागि जेल पठाइएको प्रतिक्रिया दिनुभएको छ । यसअधि नाभाल्नीमा स्नायु प्रणालीमा असर गर्ने विष प्रयोग भएको थियो । उहाँ महिनौंसम्म जर्मनीमा उपचार गरेर रुस फर्किनुभएको थियो । त्यसलगत्तै उहाँलाई पक्राउ गरि जेल चलान गरियो । नाभाल्नीलाई पक्राउ गरेदेखि नै रुसमा विरोध प्रदर्शन हुँदै आएको छ । नाभाल्नीलाई सजाय सुनाइएपछि उहाँका समर्थकले विरोध ¥यालीको आयोजना गरेका थिए । प्रतक्ष्यदर्शीका अनुसार त्यसक्रममा करिब तीन सयलाई हिरासतमा लिइएको बीबीसीले जनाएको छ । ब्रिटिस विदेश मन्त्रालयका प्रवक्ताले यसलाई अनुचित बताएका छन् । त्यस्तै अमेरिकी विदेशमन्त्रीले पनि यसबारेमा प्रतिक्रिया दिएका छन् ।
रुसको अदालतले एलेक्सी नाभाल्नीलाई साढे तीन वर्षको जेल सजाय सुनाए
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












