काठमाडाैं ।। पश्चिमी न्यून चापीय रेखाको आंशिक प्रभाव देखिएसँगै मुलुकभर चिसो बढेको छ । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले दिएको जानकारीअनुसार हाल देशका पहाडी भू–भागमा आशिंक बदली रहेको छ । बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहेको छ । तराईका केही स्थानमा हुस्सुरकुहिरो लागेको छ । आज दिउँसो देशको सुदूरपश्चिम र कर्णाली प्रदेशका पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी पहाडी भू–भागमा आंशिक बदली रहनेछ । अन्य भू–भागमा मौसम सामान्यतया सफा रहने महाशाखाले जानकारी दिएको छ । उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको जनाइएको छ । यसैगरी आज राति पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागहरुमा मौसम सामान्यतया सफा रहनेछ । उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानहरुमा हल्का हिमपातको सम्भावना रहेको छ । प्रदेश १, सुदूरपश्चिम र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको महाशाखाको भनाइ छ । साथै, तराईका भू–भागहरुमा हुस्सुरकुहिरो लाग्ने सम्भावना रहेकोले चिसोबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here