काठमाडाैं ।। सरकारले कोरोना भाइरस विरुद्धको खोप अभियान सुरुवात गरेको एक साता पुरा भएको छ । कोभिड–१९ खोप अभियान अन्तर्गत सातौं दिनसम्म १ लाख २८ हजारभन्दा बढीले कोरोना विरुद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका २ सय १ वटा खोप केन्द्रबाट हालसम्म ७७ जिल्लामा गरी १ लाख २८ हजार ६ सय ५० जनाले खोप लगाएका छन् । जसमध्ये प्रदेश नम्बर १ मा १७ हजार २ सय ८७, प्रदेश नम्बर २ मा १६ हजार १ सय ७३, बागमती प्रदेशमा ४५ हजार ३ सय ४५ जनाले कोभिड खोप लगाएका छन् । त्यसैगरी, गण्डकी प्रदेशमा १६ हजार २ सय ७०, लुम्बिनी प्रदेशमा १७ हजार ९ सय ७९, कर्णाली प्रदेशमा ६ हजार ६ सय ६० र सुदुरपश्चिम प्रदेशमा ८ हजार ९ सय ३६ जनाले कोरोना विरुद्धको खोप लगाएका छन् । पहिलो चरणमा सरकारले करिब ४ लाख ३० हजार जनसंख्यालाई खोप लगाउने योजना बनाएको छ । सरकारले पहिलो चरणमा स्वास्थ्यकर्मी, सुरक्षाकर्मी, एम्बुलेन्स र शब वाहन चालक, सरसफाईकर्मीलाई खोप लगाउन प्राथमिक सूचीमा राखेको थियो । खोपको दोस्रो मात्रा पहिलो खोप लगाएको २८ दिन पछि लगाइने छ । खोप अभियान आजपनि जारी रहनेछ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here