काठमाडाैं ।। नेपालमा खोप अभियानको पहिलो दिन देशभर ९ हजार ८४ जना व्यक्तिले कोरोनाविरूद्धको खोप लगाएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ६४ जिल्लाका ९३ खोप केन्द्रहरूमार्फत् ९ हजार बढी स्वास्थ्यकर्मी र फ्रन्टलाइन कर्मचारीले कोरोना विरुद्धको खोप लगाएको जानकारी दिएको छ । जसमध्ये प्रदेश नम्बर १ मा १ हजार २ सय ५५, प्रदेश नम्बर २ मा ७ सय २६, बागमतीमा २ हजार ६ सय ९४, गण्डकीमा १ हजार ८ सय ४३, लुम्बिनीमा ७ सय ३३, कर्णालीमा ७ सय ५१ र सुदूरपश्चिममा १ हजार ८२ जनाले खोप लगाएका छन् । मन्त्रालयका अनुसार हालसम्म खोप लगाएकाहरुमा कुनैपनि नकारात्मक प्रभाव देखिएको छैन । प्रधानमन्त्री केपी शर्मा ओलीले हिजो बिहान भर्चुअल विधिबाट खोप अभियानको उद्घाटन गरेसँगै नेपालमा खोप लगाउन सुरू गरिएको हो । सरकारले भारतबाट अनुदानमा पाएको १० लाख डोज खोप कम्तिमा ४ लाख ३० हजार जनालाई लगाउने तयारी गरेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here