एजेन्सी ।। क्यामरुनमा बसमा आगलागी हुँदा ५३ जनाको मृत्यु भएको छ । अधिकारीका अनुसार हिजो पेट्रोलियम पदार्थ बोकेको ट्यांकरसँग ठोक्किँदा बसमा समेत आगलागी भएको हो । स्थानीय गभर्नर अवा फोङ्का औगस्टीनले दुर्घटनामा परी मृत्यु भएकाहरूको शव जलेको अवस्थामा रहेको र उनीहरूको पहिचान गर्न नसकिएको बताउनुभयो । स्थानीय समयअनुसार दिउँसो साढे ३ बजे दुर्घटना भएको हो । देशको मध्य पश्चिमी क्षेत्रमा पर्ने क्लिफ अफ डिस्चाङ भन्ने ठाउँमा दुर्घटना भएको हो अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरुले लेखेका छन् । सरकारी अधिकारीले घटनाबारे अनुसन्धान भइरहेको बताएका छन् । पेट्रोलियम पदार्थ ढुवानी गर्ने ट्यांकरका चालकले गाडी नियन्त्रण गर्न नसक्दा बससँग ठोक्किएको हुन सक्ने प्रारम्भिक अनुमान छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here