काठमाडाैं ।। नेपालमा सन् २०२० मा विभिन्न घटनामा परी ४ हजार ५ सय ४ जनाको मृत्यु भएको छ । विपदमा परेर १ सय २ बेपत्ता भएको र पाँच हजार २ सय ६० जना घाइते भएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सबैभन्दा बढी सवारीसाधन दुर्घटनाबाट दुई हजार ८४ को मृत्यु भएको छ । कोभिड–१९ का कारण २ हजार १७ जनाको मृत्यु भएको छ । पहिरोबाट ३ सय ३ जनाको मृत्यु भएको छ भने ६४ जना बेपत्ता छन् । बाढीबाट ४२ जनाको मृत्यु र ३७ बेपत्ता भएको प्राधिकरणले जनाएको छ । सर्पदंशबाट २९, आगलागीबाट ५३, चट्याङबाट ८२ जनाको मृत्यु भएको र अन्य विविध घटनामा परी ५४ जनाको मृत्यु भएको प्राधिकरणले हिजो सार्वजनिक गरेको विवरणमा उल्लेख छ । उक्त विवरण सन् २०२० को जनावरीदेखि डिसेम्बर ३१ सम्मको हो । प्राधिकरणका अनुसार कूल मानवीय क्षति मध्यसडक दुर्घटना र कोभिड–१९ बाट मात्रै ८८ प्रतिशत छ । कोभिड–१९ को सङ्क्रमण अझै पनि जारी रहेकाले सावधानी अपनाउन सरकारले सबैमा अनुरोध गरेको छ । यसपालि वर्षाको समयमा मुलुकका विभिन्न जिल्लामा बाढी र पहिराले ठूलो जनधनको क्षति भएको छ । बाढी, पहिरो आएर धेरै स्थानमा मानवीय क्षति भएको प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले जानकारी दिनुभयो ।
एक वर्षको अवधिमा विभिन्न घटनामा परि नेपालमा ४ हजार ५ सय ४ जनाको मृत्यु
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।












