काठमाडाैं ।। बेलायतमा कोरोना भाइरसको सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या एक लाख नाघेको छ । बेलायत सरकारका अनुसार गत २४ घन्टामा बेलायतमा थप १ हजार ५ सय ३१ जनाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको छ । योसँगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १ लाख १ सय ६२ पुगेको छ । यसैबीच बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले पछिल्लो समय मुलुकमा बढ्दो कोरोना महामारीको जोखिमलाई ध्यानमा राखी सरकारी प्रयासको पूर्ण जिम्मेवारी आफूले लिने बताउनुभएको छ । महामारीले दिएको गम्भीर शोकलाई प्रतिस्थापित गर्न कठिन रहेको प्रधानमन्त्री जोन्सनले बताउनुभयो । बेलायत एक लाख भन्दा बढीको मृत्यु हुनेमा विश्वकै पाँचौ मुलुक हो भने युरोपको पहिलो मुलुक बनेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here