रौतहट ।। प्रदेश सरकारका कृषि भूमि व्यवस्था तथा सहकारी राज्यमन्त्री एवंम जनता समाजवादी पार्टी नेपालका केंद्रीय सदस्य योगेन्द्र राय यादवले आफ्नो पार्टी भित्रको चर्को विबाद आलोचना सहन नगर्दै प्रतिनिधि सभा विघटन गर्ने प्रधानमंत्री केपी शर्मा ओली भोलीको लागि मात्र भएको बताउनु भएको छ ।
पुश ५ गतेमा प्रधानमंत्रीले गरेको संघीय संसद विघटनको विरुद्ध आन्दोलनमा उत्रेका जनता समाजवादी पार्टी नेपालले घोषणा गरेको पूर्व कार्यक्रम अनुसार बुधवार सदरमुकाम गौरमा जनता समाजवादी पार्टीका कार्यकर्ताहरुले विरोध प्रदर्शन गरेका छन ।
प्रधानमंत्रीको अलोकतांत्रिक , असंवैधानिक तथा प्रतिगमनकारी कदमको विरोधमा आयोजना गरिएको विरोध रैली अदालत नजिक चौकमा परिणत भएको कोण सभामा सम्वोधन गर्दै राज्य मन्त्री यादवले अहिलेको ओली भोली सम्मको लागि भएको टिपण्णी गरे ।
लाखौ सेनाको शक्ति भएका पूर्व राजा ज्ञानेंद्र शाहलाइ नेपाली जनताले सत्ताच्युत गरेको इतिहास रहेकोले ओली पनि टिकन नसक्ने दावी गरे । राज्यमन्त्री यादवले भने तानाशाह प्रवृति देखाएका ओलीको भविष्य नरहेको छ जनताले फलेर नै दम लिने छन ।
पुष्पकमल दहाल प्रचण्ड र माधव नेपालको विच भएको विबादको कारण जनताको मतको कदर गर्न नसक्ने प्रधानमंत्री ओली भविष्यको नभई भोली सम्मको लागि भएको राज्य मन्त्री यादवको भनाइ रहेको छ ।
लोकतंत्र ,गणतंत्र , संघीयताको रक्षा गर्नका लागि सड़कमा भएका प्रतिपक्षका दलहरु सित सहकार्य हुने सम्वभावना रहेकोले दोस्रो चरणमा हुने कड़ा संघर्षमा लोकतंत्र , संविधान , संघीयता समाप्त पर्ने खेल खेलने ओली सहित उनका समर्थक ,सहयोगीहरुको समाप्ति हुने ठोकूवा गरे ।
२०४७ को संविधानमा भएको व्यवस्था संघीय लोकतान्त्रिक संविधानमा ल्याउने ओलिको सडयंत्र भएको आरोप लगाए ।
राज्य मन्त्री यादवले शहरी विकास मन्त्री प्रभु साह , महिला तथा बालबालिका मन्त्री जुली महासेठ माथि व्यंग गर्दै आफु जितने अवस्था नभएको ओलिका दूतले प्रदेश २ मा २८ सित जितने गर्दै गरेको ठोकूवा दिवा स्वपन भएको बताए । उहाले प्रदेश २ मा २८ सिट जितनेको नाम सार्वजानिक गरेर देखाउन खुल्ला चुनौती दिए ।
हिजो सम्म प्रधानमंत्री ओलीलाइ सामाजिक संजाल मार्फत विरोध गर्दै आएका कथित विकास प्रेमी नेताले पदको लागि कामचलाऊ सरकारको मन्त्री मंडलमा सहभागी भएको टिपण्णी गरे ।
संघीयता लोकतंत्रको लागि जनता समाजवादी पार्टी नेपालले निर्णायक आन्दोलन गरेको उदाहरण दिदै राज्य मन्त्री यादवले संसद विघटन विरुद्धको जारी आन्दोलनको अग्रणी भूमिका मै रहने बताए ।
संविधानमा नभएको व्यवस्था बलपूर्वक विघटन गरिएको विषय संवैधनिक इजलासमा विचाराधीन भएकोले जित जनताको पक्षमा हुने विस्वास रहेको हुदा पनि ओलीको सहयोगीहरु विभिन्न ठाउमा रहेकोले भरोसा गर्न नसक्ने अवस्था रहेको जिकिर गरे ।
कार्यक्रममा पार्टीका केंद्रीय सदस्य रेवन्त झा , समन्वय समितिका उपाध्यक्ष राम असीस राय यादव ,पूर्व जिला उपाध्यक्ष श्याम विहारी यादव , शम्भू यादव ,उपेन्द्र जायसवाल , महिला नेत्री शोभा देवी साह , गीता कुशवाहा , विद्यार्थी नेता ललन यादव लगायत सैकड़ो नेता कार्यकर्त्ताहरु उपस्थित भएका थिए ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here