रौतहट ।। रौतहटमा पहिलो पटक अपांग भएकाहरुको अध्ययन गर्नको लागि सुबिधा संपन्न विद्यालय निर्माण हुने भएको छ ।
अपांग भएका व्यक्तिको हकÞहित तथा सशक्तिकरणको लागि कार्य गर्दै आएका गैर सहकारी सस्था छाया नेपालको सहकार्यमा जिल्लाको परोहा नगरपालिका वड़ा नम्बर ६ लौकहा भेडि़याहीमा उक्त विद्यालय भवन बन्न लागेको हो ।
विकास निर्माणको क्षेत्रमा सुधारोन्मुख नगरपालिकाको रुपमा पहिचान बनाउदै गएका परोहा नगरपालिकाका नगर प्रमुख शेख वकीलको सकारातमक पहलको कारण पहिलो पटक सुविधा संपन्न विद्यालय स्थापना भएको हो ।
२८ लाख ५० हजारमा ३ कट्ठा जग्गा खरीद गरेका छाया नेपालले विद्यालय भवन निर्माणमा पनि आर्थिक सहयोग गरेका छन । ५७ लाखको लागतमा निर्माण हुने सो भवनको बुधवार नगर प्रमुख शेख वकीलले शिलान्यास गरेकका छन । भवन निर्माणमा नगरपालिकाले लगानी गरेको छ ।
शिलान्यास पछि सम्वोधन गर्दै छाया अपंगता अध्यन केंद्रको निर्माणले शारीरिक , मानसिक रुपमा आसक्त अपांग भएका बाल बालिकाको शिक्षाको लागि महत्वपूर्ण उपलब्धि हुने बताउनु भएको छ । शिक्षा सवैको लागि अपरिहार्य विषय भएकोले अन्य व्यक्तिको जस्तो अपांग भएका व्यक्ति बालबालिकालाइ सम्मान गर्नु पर्ने धारण राखे ।
मेयर वकीलले ३ कट्ठा जग्गा खरीद गरी विद्यालय निर्माणको लागि आर्थिक सहयोग गर्ने छाया नेपाललाइ धन्यबाद दिदै स्वास्थ्य , आत्मनिर्भरता एवं आर्थिक रुपमा सवल्ता बनाउने क्षेत्रमा पनि नगरपालिकाको साथमा सहकार्य गरी लगानी गर्न आग्रह गरे ।
जिल्ला भरीका अपांग भएका बाल बालिकालाइ अध्यन गर्न बस्ने , खाने लगायतका सुबिधा हुने बताए । शिक्षा विना मानव जीवनको औचित्य नहुने भएकोले सवैले स्तरीय शिक्षा पाउनु पर्ने लक्ष्य भएकोले नगरपालिका यस तर्फ गंभीर भएको उल्लेख गरे । सामुदायिक विद्यालयमा आफ्नो बाल बालिकालाइ अध्यनको लागि नियमित रुपमा अभिभावकहरुले पठाउनु पर्ने जोड़ दिए ।
स्थानीय वडा अध्यक्ष जीतेन्द्र पटेलको सभापतित्वमा संपन्न भएको शिलान्यास कार्यक्रममा छाया नेपालका कार्यकारी निर्देशक कमल थापा , नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत ओम प्रकाश यादव , इंजिनियर दीपेंद्र यादव लगायतका स्थानीय हरुको सहभागिता रहेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here