काठमाडाैं ।। जनता समाजवादी पार्टी नेपाल (जसपा)का अध्यक्ष उपेन्द्र यादवले प्रधानमन्त्री केपी शर्मा ओलीको अवस्था डोनाल्ड ट्रम्पकै जस्तो हुने चेतावनी दिएका छन् । जसरी राष्ट्रपतिको कार्यकाल पूरा गरेर जाँदाजाँदै ट्रम्पमाथि महाभियोग लाग्यो, ओलीमाथि पनि त्यस्तै हुने धारणा राख्दै उनले ओलीलाई अहंकार त्याग्न आग्रह गरे ।
प्रतिनिधिसभा विघटन विरुद्धमा जसपा नेपालले बुधवार सप्तरीमा आयोजना गरेको विरोधसभालाई सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो बताएका हुन् । उनले भने, ‘प्रधानमन्त्री ओलीको सोचमा नै निरकुंशता छ, उहाँलाई लाग्छ कि म जे भन्छु त्यही हुन्छ । तर उहाँको यो सोच गलत हो, कस्ता कस्ता राजा महाराजा समाप्त भइसके ओली को हुन् र ?’
प्रधानमन्त्री ओलीले जनताको जीवनसँग खेलवाड गरिरहेको उल्लेख गर्दै उनले भने, ‘ओलीलाई घिसारेर सत्ताबाट बाहिर निकाल्नुपर्छ ।’ ओलीका कारण देशको अर्थतन्त्र तहस नहस भएको बताउँदै उनले ओली शासनमा रहेसम्म देशको विकास नहुने धारणा राखे ।
काँग्रेसले समेत अहिले ढुलमुल चरित्र देखिएको बताउँदै उनले लोकतन्त्रको रक्षा काँग्रेसबाट हुन नसक्ने दावी गरे ।
दुई–चारवटा राजनीतिक नियुक्तिका लागि काँग्रेसका नेतृत्व पक्षले ओली समक्ष टाउको झुकाएर बसेको टिप्पणी गर्दै उनले लोकतन्त्रको रक्षाका लागि जसपा नेपाल वैकल्पिक शक्तिको रुपमा अगाडि आएको बताए याे समाचार राताेपाटीमा छापिएकाे छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here