एजेन्सी ।। विश्वभर कोरोना सङ्क्रमितको सङ्ख्या ८ करोड ९३ लाख भन्दा बढी पुगेकाे छ । वल्र्ड मिटरको तथ्याङ्क अनुसार गत २४ घन्टामा विश्वभर थप ७ लाख ७९ हजार १ सय ९६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । नयाँ सङ्क्रमित थपिएसँगै विश्वभर कोरोना भाइरसका कारण सङ्क्रमितको हुनेको सङ्ख्या ८ करोड ९३ लाख २२ हजार ७ सय ९ पुगेको छ । यस्तै विश्वभर गत २४ घन्टामा थप १४ हजार १ सय १ जनाको कोरोनाका कारण मृत्यु भएको छ । योसँगै विश्वभर कोरोनाका कारण मृत्यु हुनेको सङ्ख्या १९ लाख २० हजार ७ सय ९० पुगेको छ । हालसम्म विश्वभर कोरोनाका कारण सङ्क्रमित भएकामध्ये ६ करोड ३९ लाख ९४ हजार २ सय २४ जना स्वस्थ भएका छन् । हाल विश्वभर सक्रिय सङ्क्रमितको सङ्ख्या २ करोड ३४ लाख १६ हजार ५ सय ४४ रहेको छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here