रौतहट ।। नेकपा दुइ अध्यक्ष पुष्प कमल दाहाल र केपी शर्मा ओलीबिच लामो खिचातानी भइरहेको अबस्थामा आइतबार सम्पन्न रौतहट जिल्ला स्तरिय भेला सम्पन्न भएकाे छ ।

आइतबार रौतहटको गौरस्थित नेकपा पार्टी कार्यालयमा सम्पन्न भेलाको कुनै गुटबन्दिको नाम नदिएता पनि बक्ताहरुले केपी ओलीप्रति असन्तुष्टि जनाएका थिए । भेलालाई सम्बोधन गर्नु हुने बक्ताहरुले केपीलाई गधाको संज्ञा दिएका धन । गधालाई जति नुहाएपनि कहिल्यै गाइ हुन नसक्ने बताउनु हुदै आक्रोस जनाएका थिए । केपी कम्युनिष्ट हुनै नसक्ने कम्युनिष्टको कलंक मात्र भएको बक्ताहरुले दावी गरेका छन । नेकपा विधि र सुशासनमा चल्ने भएकाले विधि र विधानलाई लत्याएर पार्टी चल्न नसक्ने भएकाले हाल नेकपा दुई धारमा देखिएको भुलाका बक्ताहरुले बताएका छन ।

नेकपा रौतहट अध्यक्ष कमल राय यादवको सभापतित्वमा सम्पन्न भेलामा पुर्वमन्त्रि मातृका यादव, केन्द्रिय सदस्य युवराज भट्टराइ , सरला यादव , पुर्व सभासद रामकुमार भट्टराई लगायत रौतहट जिल्लाका नेकपा नेता कार्यकर्ताहरुको उल्लेखनिय सहभागीता रहेको थियो ।   
 

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here