काठमाडाैं ।। प्रमुख प्रतिपक्ष नेपाली काँग्रेसले आज देशभर प्रदर्शन गर्दैछ । गत बिहीबार बसेको केन्द्रीय कार्यसमितिको बैठकको निर्णयअनुसार काँग्रेसले आज काठमाडौंसहित देशका १ सय ६५ निर्वाचन क्षेत्रमा विरोध प्रदर्शन गर्न लागेको हो । विरोध प्रदर्शनका लागि केन्द्रीय नेताहरु सम्भव भएसम्म आफ्नै निर्वाचन क्षेत्रमा सहभागी हुनेछन् । पार्टी प्रवक्ता विश्वप्रकाश शर्मा कोटेश्वरको विरोध प्रदर्शनमा सहभागी हुनेछन् भने प्रकाशमान सिंह क्षेत्र नम्बर १ को प्रदर्शनमा सहभागी हुनेछन् । आजको विरोध प्रदर्शनको समीक्षा गरेपछि मात्रै अर्को विरोधको प्रारूप तयार गर्ने काँग्रेसले जनाएको छ । जारी केन्द्रीय समिति बैठकलाई केही दिन स्थगित गरी प्रदर्शनको तयारी गरेको छ । संस्थापन इतरका नेताहरु भने संसद विघटन असैंवधनिक कदम भएकाले पुनर्स्थापनाको मागसहित पार्टी सडकमा जान जोड दिइरहेका छन् ।
नेपाली काँग्रेसले आज देशभरका एक सय ६५ निर्वाचन क्षेत्रमा प्रदर्शन गर्दै
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।