मुम्बइ ।। सलमान खान आजदेखि ५५ वर्षमा लागे। २७ डिसेम्बर १९६५ मा जन्मिएका सलमानले यो वर्ष आफ्नो बर्थडे सेलिब्रेसन नगर्ने बताएका छन्।
कोरोना महामारीका कारण बर्थडे सेलिब्रेसन नगर्ने बताएका सलमानले आफ्ना फ्यानहरूलाई समेत आफ्नो घरमा आएर भीडभाड नगर्न आग्रह गरेका छन्।
बान्द्रास्थित आफ्नो अपार्टमेन्ट ग्यालेक्सीमा हरेक वर्ष उनका फ्यानहरू जम्मा भएर बर्थडे सेलिब्रेसन गर्दै आएका थिए। तर, उनले एक नोटिस जारी गरेर यो वर्ष आफ्नो घरमा आएर भीड नलगाउन अपिल गरेका छन्।
यतिबेला सलमान चलचित्रको छायांकनका लागि घरबाहिर छन्। त्यसैले पनि उनले आफ्ना शुभचिन्तकहरूलाई घरमा नआउन आग्रह गरेका हुन्। जीवनमा पहिलो पटक उनी आफ्नो जन्मदिनमा चलचित्रको छायांकनमा व्यस्त हुनेछन्।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।