रौतहट ।। रौतहट प्रहरीले अबैध रुपियाँ सहित दुई जनालाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरुमा भारत विहार राज्यको सितामढी जिल्ला थाना बैरगरिनया गाँउ फुलवरिया बस्ने ४० वर्षीय ललन कुमार र सोही स्थानका २३ वर्षीय रोहित जयसवाल रहेको छन् ।
हिजो करिब साढे छौँ बजेको समयमा रौतहटको सदरमुकाम गौर नगरपालिका वाड नं. ४ स्थित खटिएका प्रहरी टोलीले चेकजाँच गर्ने क्रममा भारतबाट नेपाल आउँदै गरेको क्रममा स्रोत नखुलेको दुवै जना सँग ६ ,६ लाख गरी १२ लाख रुपैयाँ फेला परेपछि दुवै जनालई प्रहरीले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार दुवै जनालाई पक्राउ गरी आवश्यक कार्यवाहीको लागी आज गौर भन्सार कार्यालयमा बुझाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।