काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप ५०० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । देशभरका प्रयोगशालामा ५४३४ नमुना परीक्षण गर्दा २१३ महिला र २८७ पुरुष गरि थप ५०० जनामा संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार यसका साथै देशभर कुल संक्रमितको सख्ंया २ लाख ५७ हजार ७०० पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा ८४० जना निको भएर घर फर्किएका छन् । यसका निको हुनेहरुको कुल संखया २ लाख ४९ हजार १३२ जना पुगेको छ । त्यस्तै पछिल्लो २४ घण्टामा थप ३ जनाको मृतयु भएको छ । मृत्यु हुनेको कुल संख्या १८१९ पुगेको मन्त्रालयले जनाएको छ । हालदेशभर ६७४९ सक्रिय संक्रमित छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here