काठमाडाैं ।। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले यहीँ पुस १३ गते प्रतिनिधिसभा विघटविरुद्ध देशैभर प्रदर्शन गर्न अपिल गरेका छन् । शनिवार अपिल सन्देश जारी गर्दै देउवाले आफ्नै प्रस्तावमा पार्टीले पुस १३ गते देशभर आन्दोलन गर्ने निर्णय गरेको जनाएका छन् ।

संसद विघटनविरुद्ध कांग्रेस पार्टी एकमत रहेको समेत सभापति देउवाले स्पष्ट पारेका छन् ।

‘विघटनकै दिन मैले पार्टीका वर्तमान र पूर्व पदाधिकारीको बैठक आयोजना गरेर बैठकमार्फत संसद विघटनलाई असंवैधानिक र अलोकतान्त्रिक ठहर गरिसकेका छौं । संविधानमा भएको ब्यवस्था प्रतिकुल, जनभावना विपरीतको कार्यविरुद्ध नेपाली कांग्रेस सम्पूर्ण रूपले एकमत साथ उभिएको छ,’ अपिलमा उल्लेख छ, ‘जारी केन्द्रीय कार्यसमितिको बैठकमा म आफैंले १३ गते प्रदर्शन गर्ने प्रस्ताव गरेर, केन्द्रीय कार्यसमितिको निर्णय पश्चात् अहिले हाम्रो सम्पूर्ण ध्यान प्रदर्शनमा केन्द्रित छ ।’

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here