रौतहट ।। रौतहट सदरमुकाम गौरमा जनता समाजवादी पार्टीको आहवानमा शनिवार मशाल (राँके) जुलुश प्रदर्शन गरिएको छ ।
गौरको विपी चोकबाट सुरु भएको मशाल जुलुश लिएर अघि बढ्ना साथ सुरक्षाकर्मीहरुको हस्तक्षेप पछि पनि जनता समाजवादी पार्टीका नेता एवं कार्यकर्ताहरु मशाल लिएर अघि बढदै प्रदर्शनलाई सफल बनाएको प्रदेश साँसद बाबुलाल साहले बताए ।

बाक्लो सुरक्षाकर्मीहरु गौरमा स्थानीय प्रशासनले खटाएर मशाल जुलुश विफल पार्ने योजनालाई जसपाका नेता एवं कार्यकर्ताहरुद्धारा छिटफुट रुपमा निस्कदै सुरक्षाकर्मीहरुलाई झुक्याउदै आफना योजनालाइ सफल बनाएर छाडेको साँसद साहले जानकारी दिए ।

पहिलो संविधान सभाका सदस्य रहेकी रम्भा देवी यादवले हातमा मशाल लिएर अघि बढ्ने क्रममा तपाई किन मशाल लिएर हिड्नु परेको प्रश्नको जवाफमा केपी ओलीले संघिय लोकतान्त्रिक गणतन्त्रलाई समाप्त पार्ने दिशामा अघि बढिरहेको हुँदा उक्त कदलमलाई सच्याई नेपाली जनताको अधिकार सम्पन्न बनाउन र गणतन्त्रलाई बलियो बनाउनको लागि सडक संघर्षमा उत्रिएको बताइन् ।

जसपाको प्रदेश २ का सदस्य वृजकिशोर यादवले प्रभु साह माथि इशारा गर्दै हिजो प्रधानमन्त्री केपीको कदमलाई अधिनायकवादी रहेको भन्दै विज्ञप्ती निकाल्ने व्यक्ति मन्त्री पद पाउदैमा त्यही अधिनायकवादी सरकारको सदस्य बनेका मधेशका बहुरुपिया संग सावधान रही वर्तमान सरकारको हरेक कदमको जसपा सडक संघर्षको माध्यमबाट विरोध गर्ने चेतावनी दिए ।

मशाल जुलुश कार्यक्रममा जसपा नेता अनिल सिंह, कन्तमुनी जयसवाल, देवाही गोनाही नगरपालिकाको मेयर धर्मेन्द्र पटेल, महिला नेतृ अम्ब्या खातुन, गिता कुश्वाहा, शोभा साह, ओमप्रकाश मधेशिया, पुर्व उपमेयर शेख इश्राइल, राकेश यादव लगायतका नेताहरुको उपस्थिति रहेको थियो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here