एजेन्सी ।।  बेलायतमा देखिएकाे नयाँ प्रकारकाे कोरोना भाइरस फ्रान्समा पहिलाे पटक देखा परेकाे छ । याे नयाँ प्रकारकाे भाइरस यसअघिको भन्दा बढी संक्रामक रहेकाे छ ।

डिसेम्बर १९ मा लण्डनबाट आएका फ्रान्सेली पुरुषमा संक्रमण पुष्टि भएको थियाे । उनी टूर्स शहरका बासिन्दा रहेको फ्रान्सको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

फ्रान्सले बुधवार बेलायतसँगको आवतजावतमा उसले लगाएको प्रतिबन्ध हटाएको थियो।तर त्यहाँबाट आफ्नो देशमा आउनेहरूले सङ्क्रमण नभएको प्रमाणपत्र देखाउनुपर्ने नियम लगाइएको छ। यसअघि भाइरसको उक्त नयाँ प्रकार डेनमार्क, अस्ट्रेलिया र द नेदरल्यान्ड्समा पनि पाइएको थियो।

नयाँ प्रकारको भाइरस थप सङ्क्रामक भएको भन्ने विवरणका माझ थुप्रै देशले ब्रिटेनबाट आउने र जाने उडान रद्द गरिदिएका छन्। नयाँ प्रकारको भाइरसको सङ्क्रमण रोक्न बेलायतमा अहिले  कडा प्रतिबन्द लगाएका छन् ।

अहिले बेलायतमा कोभिड-१९ का कारण ७० हजार मानिसको ज्यान गइसकेको छ। नयाँ प्रकारको कोरोनाभाइरस सुरुमा सेप्टेम्बरमा इङ्ग्ल्यान्डमा देखा परेको थियो।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here