काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा थप ६०८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५७ हजार २०० पुगेको छ । पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८९२ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ४८ हजार २९२ रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणका कारण ८ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८१६ पुगेको छ ।
हाल नेपालमा सक्रिय संक्रमितको संख्या ७०९२ रहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।