रौतहट ।। रौतहट प्रहरीले भन्सार छलीका सर–समानहरु भन्सार कार्यालयमा बुझाइएको छ । जिल्लाको सिमा नाकाहरुबाट हुने भन्सार छली चोरी निकासी र पैठारी कार्यलाई नियन्त्रण गर्ने कार्य अन्तर्गत जिल्ला प्रहरी कार्यालय तथा मातहत प्रहरी ईकाईहरुबाट विभिन्न मिति, समय र स्थानहरुमा खटिएको प्रहरी गस्ती टोलीले भारतबाट भन्सार छली चोरी पैठारी गरी बोरा र झोलाहरु टाउको र मोटरसाईकलमा बोकी नेपाल तर्फ भित्र्याई ल्याउदै गरेको समानहरु नियन्त्रणमा लिई बुझाएको हो ।


प्रहरी गस्ती टोलीलाई देखी उक्त बोरा, झोलाहरु मोटरसाईकल सहित छाडी भागी फरार भएकोले प्रहरी टोलीले बोरा, झोलाहरु र मोटरसाईकल नियन्त्रणमा लिएको समान करिब रु।१ लाख ४२ हजार बराबरको पेन्टी, कबो ड्रेस, टेप गंजी, ट्राउजर, गंजी, अबिर, डोल्ची, शिखर चुरोट, सल, स्वीटर, खुर्सानी, अंचार र चिनी, कापी, डटपेन, राज निवसा, लगायतका अन्य सर(सामानहरु वेवारीसे अवस्थामा फेला पारी रित पुर्वक बरामद गरी आवश्यक कारवाहीको लागि आज गौर भन्सार कार्यालयमा बुझाईएको प्रहरीले जानकारी दिएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here