राैतहट ।। जनता समाजवादी पार्टी नेपाल रौतहटका कार्यकर्ताहरुले राष्ट्रपति विद्या देवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओलीको शुक्रवार दिउसो २ बजेको समयमा सदरमुकाम गौरमा पुलता दहन गरेका छन् ।
पुष ५ मा कायम रहेका संघीय संसद विघटन गरेको विरुद्धमा पार्टी केन्द्रिय कार्यालयले निर्धारण गरेको कार्यक्रम अन्तर्गत जनता समाजवादी पार्टीका कार्यकर्ताहरुले प्रहरीलाइ चुनौती दिदै राष्ट्रपति र प्रधानमन्त्रीको पुतला जलाएको हो ।
घोषित कार्यक्रम सम्पन्न गर्न मधेशी क्रान्ति चौकमा कार्यकर्ताहरु भेला भएको थियो भने प्रहरीले पुतला जलाउन नदिने उदेश्यले आएपनि कार्यकर्ताहरुले कार्यक्रम सफल बनाएका छन् । प्रहरीको प्रयास पुतला जलाउन नदिने रहेका थिए ।
पहिला देखि तयारी गरेर राखिएको पुतलामा जसपाका युवा जुझारु नेता श्याम विहारी यादवले प्रहरी रहेको ठाउ देखि ५० मिटरको दुरीमा आगो लागेर नारावाजी गर्न लाग्दा निभाउनको लागि खटेका नेपाल प्रहरी र सशस्त्र प्रहरीका टोली दौडेर आएका थिए ।
पुतला दहन पश्चात आयोजित सभामा सम्वोधन गर्दै जनता समाजवादी पार्टीका प्रदेश कमिटि सदस्य एवं जिल्ला इन्चार्ज ब्रिज कुमार यादवले रगत बगाएर ल्याएको संघीय गणतन्त्रको नेकपा सरकारले समाप्त पार्ने सड्यन्त्र पुर्वक संसद विघटन गरेको आरोप लगाउनु भएको छ ।
नेता यादवले आन्दोलनको बल आएको संघियता खतरामा रहेकोले जनता समाजवादी पार्टीले रक्षाको निमित आन्दोलनमा होमिएको जिकिर गरे । कम्युनिस्ट पार्टीले संघियता खारेज गर्ने सोच लिएकोले सोच कुनै पनि हालतमा पुरा नहुने ठोकुवा गरे ।
प्रदेश सदस्य यादवले जसपाका आन्दोलनमा सहभागी हुन् अपिल समेत गरे ।
राैतहटमा जसपा कार्यकर्ताले जलाए राष्ट्रपति र प्रधानमन्त्रीको पुतला
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।