काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा ७४३ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६५५९ जनाको परीक्षणमा ४६४ पुरुष र २७९ जना महिला गरी ७४३ जनामा संक्रमण पुष्टि भएको हो ।
योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५५ हजार ९७९ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९५२ रहेको छ । हालसम्म देशभरमा संक्रमणमुक्त हुनेको संख्या २ लाख ४६ हजार ६६१ रहेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट ५ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १८०३ पुगेको छ ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ७ हजार ५१५ रहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।