रौतहट ।। रौतहटमा जनता समाजवादी पार्टीले प्रदर्शन गरेको हो । संघीय संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध जनता समाजवादी पार्टी (जसपा) ले आज सदरमुकाम गौरमा विरोध प्रदर्शन गरिएको छ । केन्द्रीय कमिटिले देशको ७७ वटै जिल्लामा बुधबार विरोध प्रदर्शन गर्ने निर्णय अनुसार जसपा पर्सा कमिटिले आज जिल्लाको सदरमुकाम गौरमा विरोध प्रदर्शन गरेको हो ।
केपी ओली सरकारले असंवैधानिक र अलोकतान्त्रिक तरिकाले संसद् विघटन गरेको भन्दै जसपा रौतहटको गौरमा विशाल प्रदर्शन गरेका छ ।
गौरको विपी चोकबाट निस्केको बिरोध जुलुश गौर अस्पताल, जिल्ला आदालत, गौर भन्सार पुगी कोण सभामा परिणत भएको थियो । विरोध जुलुशमा सहभागि जसपाका नेता तथा कार्यकर्ताहरूले असंवैधानिक र अलोकतान्त्रिक कदम खारेज गर, वीर सहिद अमर रहुन, निरंकुश प्रधानमन्त्री मूर्दावाद, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, सांसद रेशम चौधरीलगायतका राजबन्दीहरू रिहा गर, झूठो मुद्दा खारेज गर, जसपा नेपाल जिन्दावाद लगायतका नारासहित प्रदर्शन गरेका थिए ।
प्रदर्शनमा जसपाका नेता तथा कार्यकर्ताहरुले केपी शर्मा ओली र राष्ट्रपति विद्यादेवी भण्डारी विरुद्ध चर्को नाराबाजी समेत गरेका थिए ।
कोण सभालाई सम्बोधन गर्दै ज स पा नेता रेवन्त झाले बर्तमान केपी शर्मा ओली नेतृत्वको सरकारले देशलाई अधिनायकवादमा लाग्न खोजेको आरोप लगाउनु भएको छ । ओली नेतृत्वले जनयुद्ध , जन आन्दोलन तथा मधेश थरुहट बिद्रोहले प्राप्त गरेको संघियता , गणतन्त्र , समावेशीकरण तथा धर्मनिरपेक्षताका मुद्धालाई समाप्त गरि प्रतिगमन ल्याउन खोजेको आरोप लगाउनु भएको छ उता गौर न पा का मेयर अजय गुप्ता ले भने अब कम्म्निस्ट को असली रुप जनता ले थाहा पाए भन्दै सम्सद विघटन को निर्णय उल्टाउनु पर्ने कुरा मा जोड दिए। मेयर गुप्ताले बर्तमान सरकार प्रतिगमनको बाटो समातेको छ । जनताले निर्वाचित गरेकको सार्वभौम अधिकार सम्पन्न सदन बिघटन गर्ने अलोकतान्त्रिक र असंबैधानिक काम गरेको छ । वहाले आरोप लगाउनु भएको छ । प्रदर्शन कार्यक्रममा प्रदेश सभा सदस्य रामकिशोर राय यादव, बाबुलाल साह गौर नगरपालिकाका नगर प्रमुख अजय कुमार गाुप्ता, बौधीमाई नगरपालिकाका नगर प्रमुख राजिव रंजन यादव, देवाही गोनाही नगरपालिकाका नगर प्रमुख धर्मेन्द्र पटेल, जसपा नेता रेवन्त झा, अनिल कुमार सिंह, अमरुल हक, श्याम बिहारी यादव, शोभा साह, राधा साह, प्रकाश भाई मधेशीया, ललन यादव, ओमप्रकाश साह लगायतको संयौ नेता तथा कायकर्ताहरुको सहभागिता रहेको थियो ।
संसद् विघटन विरुद्ध रौतहटमा जसपाको प्रदर्शन
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।