रौतहट ।। जनता समाजवादी पार्टी (जसपा)ले प्रदेश २ को आठै जिल्लामा एकसाथ जसपाले प्रधानमन्त्री केपी शर्मा ओलीको विरोधमा प्रदर्शन गरेको हो ।
संघीय संसद् विघटन गर्ने प्रधानमन्त्री ओलीको कदमविरुद्ध जसपा ले आज प्रदर्शन अन्तर्गत सप्तरीको राजविराज, जनकपुर, महोत्तरीको जलेश्वर, रौतहटको गौर, पर्साको वीरगञ्जसहित प्रदेश २ को आठै जिल्लामा संसद विघटनको विरुद्धमा जसपाले प्रदर्शन गरेका छन् ।


विरोध प्रदर्शनमा सहभागी जसपाका नेता तथा कार्यकर्ताहरूले असंवैधानिक र अलोकतान्त्रिक कदम खारेज गर, वीर सहिद अमर रहुन, निरंकुश प्रधानमन्त्री मूर्दावाद, संघीय लोकतान्त्रिक गणतन्त्र जिन्दावाद, सांसद रेशम चौधरीलगायतका राजबन्दीहरूलाई रिहा गर, झूठो मुद्दा खारेज गर, जसपा नेपाल जिन्दावाद लगायतका नारासहित प्रदर्शन गरेका हुन् ।
असंवैधानिक र अलोकतान्त्रिक तरिकाले संसद विघटन गरिएको भन्दै प्रतिनिधिसभा पुर्नस्थापनाको माग गर्दै प्रदर्शन गरेका छन् । प्रदेश २ को विभिन्न स्थानमा भएको प्रदर्शनको कोणसभामा जसपाका नेता तथा कार्यकर्ताहरुले सम्बोधन गरेका छन् । कोणसभामा बोल्दै नेताहरुले प्रतिनिधिसभा विघटन फिर्ता नगरे चरणबद्ध आन्दोलनमा उत्रिने चेतावनी समेत दिएका छन् ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here