सांकेतिक तस्विर

रौतहट ।। रौतहट सहित तराई–मधेशमा बाक्ले हुस्सु र कुहिरोसँगै अत्याधिक चिसो बढेको छ । तिन चार दिन देखी मौसममा एक्कासी परिर्वतन आएर चिसो बढे पछि जनजीवन कष्टकर बन्दै गएको छ । रौतहटका दलित विपन्न परिवारमा चिसो बढेसँगै जनजीवन अस्तब्यस्त बनेको छ । रौतहटमा बसोबास गर्दै आएका मुसहर , डुम , माझी समुदायका परिवारहरुमा यति बेला ओढ्ने र ओछ्याउने कपडाका अभावले बिजोक अबस्थामा दिनचर्या विताउन बाध्य भएको मुसहर संघका बिनोद माझीले बताउनु भयो । रौतहट लगायत तराई क्षेत्रमा अहिले बाक्ले हुस्सुसँगै शितलहर चलिरहेको छ । जसका कारण उनीहरुको जीवन अत्यन्त कष्टकर विताउन बाध्य भएका छन । रौतहटमा चियो बढेसँगै जिल्ला मुसहर संघ रौतहटको एक टिम आफ्नो समुदायको परिस्थितीबारे अबलोकन गरेका छन । रौतहटको गौर , इशनाथ , परोहा , बौधीमाई , कटहरिया , फतुवा विजयपुर , देवाही गोनाही , बृन्दावन , गढिमाई , गुजरा तथा चन्द्रपुर नगरपालिकामा मुसहर , डुम लगायतका दलितहरुको बसोबास रहेको छ । सो बस्तिमा रहेका दलितहरुको चिसो पारेको प्रभावबारे अगुवाहरुले अनुगमन गरेको नथुनी माझीले बताउनु भयो । विपन्न बर्गका मुसहर परिवारका सदस्यहरु आगो तापेर नै चिसोबाट सुरक्षित रहन प्रयास गरिरहेकाले उनीहरुका लागी दातृ संघसंगठन तथा विभिन्न ब्यक्तिहरुलाई सहयोग गर्न मुसहर संघ रौतहटले अपिल समेत गरेका छन । सो अवलोकन टोलीमा बिनोद माझी , नथुनी माझी , अनुप माझी , सुरेन्द्र बैठा , बिजय मल्लि , बलेन्द्र पासवान लगायतका अगुवाहरु रहेको संघले जनाएको छ । प्रदेश नं २ का आठ जिल्लामा बिहान र साँझ बाक्लो हुस्सु र कुहिरो लाग्ने गरेकाले अत्यधिक जाडो बढेको देखिन्छ । चिसो छल्न सर्वसाधारण चोक चोकमा आगो बालेर बसेका छन् ।¬

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here