काठमाडाैं ।। कोरोना भाइरस सङ्क्रमण कम गर्न बेलायतमा नयाँ वर्ष र क्रिसमसको समयमा लकडाउन हुने भएको छ । केही साता यता बेलायतमा बढ्दै गएको कोरोना भाइरसको सङ्क्रमणलाई कम गर्नका लागि यो समयमा लकडाउन गर्नु परेको बताइएको छ । बेलायतमा कोरोना भाइरसको खोप लगाउने प्रकृया चलिरहँदा पनि यसको प्रभावलाई कम गर्न लकडाउनको विकल्प नभएको विशेषज्ञहरुले बताएका छन् । कोरोना भाइरसको तेश्रो लहर शुरु भएको अष्ट्रेलियाको भिक्टोरिया राज्य र सिड्नी शहरमा पनि कोरोना नियन्त्रणका लागि सीमा नाका बन्द गरिएको छ । इटलीले पनि नयाँ वर्ष र क्रिसमसको समयमा लकडाउन गर्ने घोषणा गरेको छ । यसअघी युरोपका धेरै राष्ट्रहरुले नजिकिंदै गरेको क्रिसमस र नयाँ बर्षलाई ध्यानमा राखी लकडाउन घोषणा गरिसकेका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।