रौतहट ।। रौतहटमा किसानको पैसा ठगी गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेका छन् । पक्राउ पर्नेमा जिल्लाको सखुअवा धमौरा गा.वि.स. वडा नं. ७ हाल वृदावन नगरपालिका वडा नं. ६ हर्षहा टोलमा बस्ने २८ वर्षीय अनिल कुमार पटेल रहेका छन् ।
प्टेलले ओम्नी अटोमोबाईल प्रा।लि। चन्द्रनिगाहपुरको ट्याक्टर सो रुमबाट किस्ताबन्दीमा ट्याक्टर खरिद गरेका २३ जना किसानहरुको किस्ता वापतको रकम मिति २०७५।०४।०१ देखि विभिन्न मितिमा कम्पनीमा बुझाउन भनि बुझि लिई कम्पनीमा बुझाउनु पर्नेमा नबुझाई रु।४४,७८,५००।( रकम ठगी गरेको भन्ने व्यहोरा जाहेरी दरखास्त परेपछी जाहेरी दरखास्त दर्ता गरी निज अनिल कुमार पटेललाई मिति २०७७।०९।०५ गते पक्राउ परेका थिए । पक्राउ गरेपछि सम्मानित रौतहट जिल्ला अदालतबाट दिन ७ ९सात० दिन न्यायिक हिरासतमा राख्ने अनुमती लिई ठगी गरेकोमा थप अनुसन्धान कार्य भईरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।





