जनकपुर ।। उखु किसानको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै किसानका नेताहरुले जिल्ला प्रशासन कार्यालय सप्तरी अगाडि धर्ना दिएका छन् ।

काठमाडौं गएर भुक्तानी माग गरिरहेका उखु किसानको अबिलम्ब भुक्तानी दिनुपर्ने माग राखेर जनता समाजवादी पार्टी निकटको किसान संगठनका नेताहरुले बिहीबार जिल्ला प्रशासन कार्यालय अगाडि धर्ना दिएका हुन् ।

उखु किसानको बक्यौता रकम अबिलम्ब उपलब्ध गराउनुपर्ने, समर्थन मूल्य अनुसार किसानको धान खरीद गर्नुपर्ने, समयमै किसानलाई मल, खाद्य र बिउ सहुलियत दरमा उपलब्ध गराउनुपर्ने माग उनीहरुले राखेका छन् ।

यस्तै, उखु किसानको आन्दोलनप्रति ऐक्यबद्धता जनाउँदै जनकपुरधाममा युवाहरुले प्रदर्शन गरेका छन् । उखु किसानको बाँकी बक्यौता दिनुपर्ने माग राख्दै जनता समाजवादी पार्टी निकटका युवाहरुले प्रदर्शन गरेका हुन् ।


उनीहरुले किसानको बक्यौता अबिलम्ब दिनुपर्ने र सरकारले ल्याएको संवैधानिक परिषद् अध्यादेश खारेजीको माग समेत गरे । प्रदर्शनकारीले उखु किसानको माग पूरा गर, केपी ओली शर्मा प्रधानमन्त्रीबाट राजिनामा दे, केपी ओली मुर्दावाद, होली हटाउ देश बचाउ’ जस्ता नारा लगाएका थिए याे समाचार मधेश वाणीमा छापिएकाे छ ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here