जनकपुर ।। प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल पञ्चमीका दिन मनाइने विवाह पञ्चमी पर्व आज मनाइँदैछ । त्रेता युगमा मार्गशीर्ष शुक्ल पञ्चमीका दिन सीता र रामको विवाह भएको सम्झनामा आज देशभर राम सीताको पूजा आराधना गरी यो पर्व मनाउन लागिएको हो । मिथिलाको प्राचीन राजधानी जनकपुरधाममा सीता र रामको विवाह महोत्सव आज विधिपूर्वक हुँदैछ । गोस्वामी तुलसीदासले रामायणमा वर्णन गरेअनुसार जनकनन्दनी सीताको विवाह भएको दिनलाई सम्झेर मिथिलावासीले यस पर्वलाई विशेष महोत्सवका रूपमा मनाउने गरेका छन् । रामायणअनुसार जनकपुरधामको रङ्गभूमिमा आयोजना गरिएको स्वयंवरमा ५६ कोटी देवीदेवताको उपस्थिति रहेको विश्वास गरिन्छ । श्रद्धालु भक्तजन आज बिहानैदेखि पवित्र सरोवर र नदीमा स्नान गरी पूजाअर्चना गर्ने गर्छन् । सप्ताहव्यापी महोत्सवको रुपमा मनाइने विवाहपञ्चमीमा यस वर्ष भने कुनैपनि महोत्सव धुमधामका साथ मनाइएको छैन । कोरोना महमारीका कारण भारतको अयोध्याबाट जन्ती आएका छैनन् भने जनस्वास्थ्यका मापदण्ड पालना गरेर औपचारिक रुपमा मात्रै यस वर्षको विवाह पञ्चमी मनाउन थालिएको जानकी मन्दीरका छोटे महन्थ राम रोशन दासले बताउनुभयो ।
आज विवाह पञ्चमी,अयोध्याबाट जन्ती नआउने
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।