रौतहट ।। रौतहटमा स्वाच्छता सामाग्री वितरण हुदैँ । जिल्लाको राजदेवी नपाको वडा नम्वर ९ का बिपन्न परिवारलाइ जिल्लाको विभिन्न स्थानमास्वच्छता सामाग्री बितरण गर्ने कार्य भैरहेको छ ।
अक्सफाम नेपालको सहयोग आरडिसी नेपालको आयोजनामा रौतहटको राजदेवी नपा ९ का १ सय ६३ परिवार लाई शुक्रवार स्वस्च्छता सामाग्री बितरण गरीएको छ ।
हाइजीन तथा डिगनीटी किट सहयोग गरीएको आरडिसी नेपाल का कार्यक्रम संयोजक बिजय साह बनियाले जानकारी दिएका छन ।
तौलिया, साबुन, नेलकटर, ब्रस, तुथपेष्ट , कपडा सुकाउने डोरी लगाएका समाग्रीहरु बितरण गरीएको छ ।
कोरोना भाइरस नियन्त्रणका लागि अक्स्फाम नेपालको सहयोगमा आरडिसी नेपाल ले स्वच्छता सामाग्री हस्तान्तरण गरेको आरडिसी नेपालका अध्यक्ष पारस हुसैन ले सामाग्री हस्तान्तरण गरिएको बताएका छन ।
कोराना भाइरस बाट बच्नका लागि स्वस्छता सामाग्री अति आवश्यक परेका हरुलाइ बितरण गर्द आएको आरडीसी नेपालले जनाएको छ ।
रौतहटका कोरोना भाइरसको जोखिममा रहेका हजारौ परिवार लाई यस्ता सामाग्री आरडिसीले सहयोग गर्दै आएको छ ।
रौतहटकाे राजदेवीमा स्वच्छता सामाग्री बितरण
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।