काठमाडाैं ।। संसदीय समितिले उखु किसानलाई एक हप्ताभित्र रकम दिलाउने व्यवस्था गर्न सरकारलाई  निर्देशन दिएको छ ।

बिहीबार बसेको प्रतिनिधि सभाको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकले किसानले पाउन बाँकी भएको भुक्तानी एक हप्ताभित्र दिन र सबै एक पटक व्यवस्था गर्ने सम्भावना नभए पनि दिएको भुक्तानीबारेको कार्य प्रगति विवरण ९ गतेको बैठकमा बुझाउन निर्देशन दिएको समितिका सभापति विमलप्रसाद श्रीवास्तवले बताउनुभयो ।

समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय तथा उद्योग र गृह मन्त्रालयलाई एक हप्ताभित्र किसानले पाउनुपर्ने रकम भुक्तानी गर्न निर्देशन दिएको हो ।

यस्तै बैठकले चिनी उद्योगमा कार्यरत श्रमिकको अवस्थाबारे पनि चासो राखेको छ । चिनी उद्योगमा कार्यरत श्रमिकले श्रमबापतको तलब पाएकाे/नपाएको बारे समितिले चासो राखेको हो ।

समितिले अबको १५ दिनभित्र श्रमिकले पाउनुपर्ने रकम पनि भुक्तानी गर्न र त्यसबारे समितिलाई जानकारी गराउन श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयलाई निर्देशन दिएको छ । लामो समयदेखि उखुको भुक्तानी नपाएपछि किसानले गएको आइतबारदेखि काठमाण्डौको माइतीघर मण्डलामा आन्दोलन गर्दै आएका छन् ।

उनीहरूले झण्डै ९० करोड रुपैयाँ भुक्तानी पाउन बाँकी रहेको बताउँदै आएका छन् । रकम नपाएसम्म घर नफर्किने किसानको अडान छ याे समाचार उज्यालाे अनलाइनमा छापिएकाे छ ।  

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here