काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा ६५८८ जनाको गरिएको परीक्षणमा थप ४६८ पुरुष र ३०८ महिला गरी ७७६ जनामा काेराेन संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ५१ हजार ६९२ पुगेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ९४७ रहेको छ । देशभर हालसम्म संक्रमणमुक्त हुनेको जममा संख्या २ लाख ४० हजार ३६३ जना रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरसका कारण थप ६ जनाको मृत्यु भएको छ । यससँगै हालसम्म देशभरमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १७४९ पुगेको मन्त्रालयले जनाएको छ।
हाल देशभर सक्रिय संक्रमितको संख्या ९५८० रहेको छ ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।