एजेन्सी ।। भारतमा कोरोनाभाइरसबाट संक्रमितको हुनेको संख्या एक करोडनजिक पुगेको छ । भारतमा पछिल्लो २४ घण्टामा २४ हजार १० जनामा नयाँ संक्रमित फेला परेपछि कोरोना संक्रमितको संख्या ९९ लाख ५६ हजार ५५८ पुगेको छ ।
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो २४घण्टामा भारतमा कोरोना संक्रमणको कारण ३५५ जनाको मृत्यु भएको छ । यसका साथै कोरोनाभाइरसबाट मृत्यु हुनेको कुल संख्या एक लाख ४४ हजार ४५१ जना पुगेको छ ।
मन्त्रालयको पछिल्लो हालसम्म भारतमा ९४ लाख ८९ हजार ७४० व्यक्ति सङ्क्रमणमुक्त भएको देखिएको छ । हाल भारतमा तीन लाख २२ हजार ३६६ सक्रिय सङ्क्रमित रहेका छन् ।
हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।