भक्तपुर ।। भक्तपुरका विद्यालयहरू पुष १ गतेबाट सञ्चालनमा आउने भएका छन् । नगर क्षेत्रका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरूमा कक्षा ८, ९ र १० को कक्षा आलोपालो गरी सञ्चालन गरिने भएको छ । लामो समयसम्म कोरोना महामारीको जोखिमका कारण बन्द भएका भक्तपुरका नगरपालिकाका विद्यालयहरू पर्सी पुष १ गतेबाट उचित स्वास्थ्य मापदण्ड अपनाई खुल्ने भएको छ । नगर क्षेत्रका सामुदायिक तथा संस्थागत माध्यमिक विद्यालयहरूमा कक्षा ८, ९ र १० को कक्षा आलोपालो गरी सञ्चालनको सुरूवात गर्ने निर्णय नगर शिक्षा समितिको एक बैठकले गरेको नगरपालिकाले जनाएको छ । यसका लागि समितिले विद्यालय सञ्चालनसम्बन्धी प्रस्तावनासहितको कार्ययोजना भक्तपुर नगरपालिका शिक्षा शाखामा पेश गरेको थियो । विद्यार्थी सङ्ख्या १ सयभन्दा कम भएका सबै सामुदायिक तथा संस्थागत विद्यालयहरूको हकमा स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड कार्यान्वयन गरी विद्यालय सञ्चालन गरिने भएको हो ।

हाम्राे यूटुव टीभी हेर्नकाे लागि यहाँ किलिक गराै ।।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here