रौतहट ।। नेपाली काँग्रेसले सोमबार देशभर सरकारविरुद्ध प्रदर्शन गरिरहेको छ । सरकार भ्रष्टाचार, कुशासन र अधिनायकवादतर्फ उन्मुख भएको भन्दै काँग्रेसले देशव्यापी विरोध प्रदर्शन आयोजना गरेको हो ।
जसअनुसार काँग्रेसले कोरोना महामारीका बीच सरकारविरुद्ध रौतहटमा पनि विशाल प्रदर्शन गरेको छ ।
कांग्रसले देशव्यापी प्रदर्शन गर्ने निर्णय गरेको अनुसार सोमवारको सदरमुकाम गौरमा पनि प्रदर्शन गरेको हो ।
गएको मंसिर २६ गते कांग्रेसले गरेको देशव्यापी निर्णय अनुसार आज सदरमुकाम गौर सहति विभिन्न शहरहरुमा नेपाली कांग्रसले हजारौंको संख्यामा प्रदर्शन गर्दे छन् ।
के पि तेरो पाराले दुख पायो सारा ले, कम्निन्स्ट हैकमबाद मुर्दा बाद, नेपाली काग्रस जिन्दावाद , ‘अति भो अति भो, मुलुककै छवि क्षति भो, भन्ने लगायतका मुल नाराका साथ प्रदर्शन भएको छ ।

सदरमुकाम गौरमा भएको कार्यक्रमको लागी रौतहट जिल्ला भरबाट कार्यकर्ताहरुलाई बोलाइएको थियो ।





