काठमाडौं ।। नेपालमा पछिल्लो २४ घण्टामा ५४२३ जनाको परीक्षण गर्दा थप ८२१ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका योसँगै नेपालमा कोरोना भाइरस संक्रमितको संख्या २ लाख ४९ हजार २४४ पुगेको छ ।
पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणमुक्त हुनेको संख्या ८४२ रहेको छ । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ३६ हजार ५७३ रहेको छ ।
त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना संक्रमणका कारण थप १८ जनाको मृत्यु भएको छ । हालसम्म कोरोना भाइरस संक्रमणबाट १७१६ जनाको मृत्यु भइसकेको छ । सक्रिय संक्रमितको संख्या १० हजार ९५५ रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here